प्रभु महालक्ष्मी लाइफको १ लाख ५५ हजार बढी संस्थापक शेयर बिक्रीमा


काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ५५ हजार ८०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

यस शेयर खरिदका लागि हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने उल्लेख गरेको छ । शेयर खरिदका लागि आजको ३५ दिभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्ने बताएको छ ।