दुई दिनमा तोलामा १३ हजार ६ सय रुपैयाँले बढ्यो, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूलय बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो।

यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २४० रुपैयाँले बढेको हो। यससँगै चाँदी आज तोलामा ५ हजार २ सय ५० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा हजार १० रुपैयाँमा कारोबार भएको थियो।