काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. बुद्धि मल्ल नियुक्त भएका छन्। कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले डा. मल्ललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
सो बैठकले आगामी फागुन १ गतेदेखि लागू हुने गरी मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ। ओम डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको पनि अनुभव संगालेका उनी पछिल्लो समय एनएमबि बैंकको विभागीय प्रमुखका रुपमा कार्यररत थिए।
उनले सफलता सम्भव छ किताब समेत लेखेका छन्। तत्कालीन ओम फाइनान्स र राईजिङ डेभलपमेन्ट बैंकको सीईओको जिम्मेवारी समेत उनले सम्हालिसकेका छन्।



About Us
प्रतिक्रिया