काठमाडौं – ठुलो आवाज निकाली ध्वनि प्रदूषण गराउने ८ ओटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यकाको नेपालटार डाँडागाँउ स्थित सडक खण्डमा गरिएको बिशेष चेकिङको क्रममा ८ ओटा ठुलो आवाज निकाल्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
तारकेश्वर क्षेत्रमा स्वरूप परिवर्तन गरी ठुलो आवाज निकाल्ने मोटरसाइकल चलाउने गरेको भन्ने स्थानीयको सूचनाको आधारमा तारकेश्वर नगरपालिका ८ मा रहेको सम्बन्धित निकायमा दर्ता नगरी चलाएको टी टी ग्यारेजमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा ८ ओटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका मोटरसाइकललाई थप अनुसन्धान तथा कारवाईका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा राखिएको छ। नियन्त्रणमा लिइएका सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदी बताउँछन्।



About Us
प्रतिक्रिया