काठमाडौं – इन्डियन चेम्बर अफ कमर्स द्धारा रामब्रन्त बैकंकमा आयोजित छैठौँ संस्करणको ‘इमर्जिङ एसिया अवार्डमा’ आईएमई लाइफ इन्स्योरेन्सले तीन विधामा अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएको छ। उक्त पुरस्कार थाईल्याण्डकाे बैंकमा आयाेजित समाराेहमा आईएमई लाइफका सिईओ पवन खड्काले ग्रहण गरेका छन्।
कम्पनीले उत्कृष्ट ग्राहक मुखि सेवा, बीमा कभरेजमा उत्कृष्ट रणनीतिमा संयुक्त अवार्ड र नेपाली जीवन बीमामा उत्कृष्ट महिला नेतृत्व गरि तीन विधाको अवार्डमा जित्न सफल भएको हो।

यस प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट अन्तराष्ट्रिय निर्णायक मण्डलले निर्णय गरेको थियो। यस कार्यक्रमले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक–केंद्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामुलक नेतृत्वको कदर गरेको छ। देशभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई यस अवार्डले थप प्रोत्साहन गरेको छ।

कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का प्यानल डिस्कसनमा रुपमा सहभागी भएका थिए भने उनले डिजिटल प्रविधि र एआई को उपयोगे र बीमा उद्योगका चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारे।



About Us
प्रतिक्रिया