फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले ४ जना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ६० हजार ८९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

सो शेयरको न्युनतम प्रतिकित्ता शेयरमूल्य २८० रुपैयाँ तोकेको छ। संस्थाले सो शेयर खरिदका लागि पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीलाई दिने जनाएको छ।

उक्त, शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले सो सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुकले संस्थाको केन्द्रिय कार्यालय ज्ञानेश्वमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।