काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १८ हजार ८ सय रुपैयाँले घट्यो। मूल्य घटेसँगै त्यसदिन प्रतितोला सुन ३ लाख रुपैयाँमा कारोबार भयो। यस्तै, सोमबार १३ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८६ हजार ६०० रुपैयाँमा कारोबार भयो।
आइतबार र सोमबार लगातार घटेको सुनको मूल्य मंगलबार भने बढ्यो। मंगलबार ३ हजार ७ सय रुपैयाँले बढेसँगै त्यसदिन प्रतितोला सुन २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भयो। यस्तै, बुधबार तोलामा १४ हजार ४ सय रुपैयाँले बढ्दै ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तोलामा ९ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख ९५ हजार २ सय रुपैयाँ पुग्यो।
यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार ४ हजार २ सय रुपैयाँले घट्दै २ लाख ९१ हजार रुपैयाँमा कारोबार भयो। समग्रमा यो साता सुनको मूल्य ९ हजार रुपैयाँले घट्यो।



About Us
प्रतिक्रिया