सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४२ सय रुपैयाँले घटेको हो।

यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा २७० रुपैयाँले घटेको हो। यससँगै चाँदी आज तोलामा ४ हजार ७१० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ४ हजार ९ सय ८० सय रुपैयाँमा कारोबार भएको थियो।