स्रोत नखुलेको १८ लाख ५० हजारसहित एक जना पक्राउ 


काठमाडौं  – काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ तौलुङबाट प्रहरीले स्रोत नखुलेको १८ लाख ५० हजारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरका वर्षीय ४५  प्रबिन किसन रहेका छन्। 

उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा रातको समयमा शङ्कास्पद तरिकाले हिँडिरहेको अवस्थामा फेला परी चेकजाँच गरेको प्रहरीले बताएको छ।