हकप्रद शेयर निष्काशन गर्न बुद्ध भूमि नेपालले गर्याे बुक क्लोजको मिति तय


काठमाडौं – बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएसँगै बूकको क्लोजको मिति तय गरेको छ। कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले १ः१ को अनुपातमा कुल ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नका लागि अनुमति दिएको थियो।

अनुमति पाएसँगै कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले आगामी फागुन १ गते शेयरधनी दर्ता पुस्तिका बन्द (बूक क्लोज) गर्ने निर्णय गरेको हो। जसको अर्थ माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन्।