सर्वाेत्तम सिमेन्टका दुई सञ्चालकले दिए राजीनामा


काठमाडौं – सर्वाेत्तम सिमेन्ट लिमिटेडको सञ्चालक विमल कुमार साबरथिया र तेन्जीङ लाग्देन तामाङले राजीनामा दिएका छन्। साबरथिया र तामाङले माघ २० गते सो पदबाट राजीनामा दिएका हुन्।

कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले यी दुईको राजीनामा माघ २५ गतेदेखि लागुहुने गरी स्वीकृत गरेको छ।