काठमाडौं – सुर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २० करोड बढी नााफा कमाएको छ । कम्पनीले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै पुस मसान्तसम्म २० करोड १८ लाख नाफा आर्जन गरेको देखाएको हो । कम्पनीले गत आर्थिक वर्षको सोहि अवसधिमा १९ करोड ६१ लाख नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ७१ करोड २ लाख बढी खुद बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको कुल आम्दानी ७ अर्ब ७० करोड २१ लाख रुपैयाँ नाघेको छ । यस्तै छ महिनामा कम्पनीको कुल ७ अर्ब ३५ करोड ४१ लाख रहेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरूलाई दिएको कमिसन बापतको रकम ४९ करोड १६ लाख रहेको छ । कम्पनीको जीवन बीमाकोषको आकार ४६ अर्ब १७ करोड १० लाख पुगेको छ ।
त्यस्तै, पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ८.०६ रुपैयाँ कायम भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख कम्पनीको महाविपत्ति कोषमा ४४ करोड २ लाख, जगेडा कोषमा ४५ करोड २८ लाख र अन्य इक्विटीमा २७ करोड ६० लाख सञ्चित रहेको छ ।



About Us
प्रतिक्रिया