काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ हजार ४ सय रुपैयाँले बढेको हो।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर तोलामा ५६ सय रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया