युनिक नेपाल लघुवित्तले बोलायो सातौं वार्षिक साधारण सभा, बुक क्लोज कहिले?


काठमाडौं – युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई आगामी फागुन १३ गते सातौं वार्षिक साधारण सभामा बोलाएको छ। संस्थाको माघ १८ गते बसेको सञ्चालक समितिको ११० औं बैठकले सो सभा कोहलपुर न.पा. वडा न. ४, होटल सेन्ट्रल प्लाजा, बाँके मा बोलाएको हो। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सो सभामा आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, त्यस्तै, लेखापरीक्षकको सहित २०८२ साल असार मसान्तको वित्तीय स्थितिको विवरण (वासलात) सोही अवधिको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा तत् सम्बन्धी अनुसूचीहरु छलफल गर्ने जस्ता प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, आर्थिक वर्ष २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, सो सभा प्रयोजनका लागि फागुन ६ गते शेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने निर्णय गरेको छ। जसअनुसार फागुन ५ गतेसम्म नेप्सेमा कारोबार भई भई सि.डि.एस.एण्ड क्लियरिङ्बाट राफसाफ समेत भई संस्थाको शेयर रजिष्ट्रार मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडाैंमा रहेका शेयरधनी दर्ता किताबमा अद्यावधिक भई कायम हुन आएका शेयरधनीहरु मात्र सो सभामा भाग लिन सक्नेछन्।