सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, हकप्रद शेयर समेत निष्काशन गर्ने


काठमाडौं – सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। सोही बैठकले बोनस शेयरको कर प्रयोजनार्थ १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने समेत निर्णय गरेको छ।

सो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण तथा हकप्रद शेयर निष्काशन गर्न कम्पनीले जनाएको छ।