काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ हजार ४ सय रुपैयाँले घटेको हो।
यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ८६ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३ सय रुपैयाँले घटेर तोलामा ५२ सय रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।





About Us
प्रतिक्रिया