काठमाडौं – फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम दयाल राजवंशीले राजीनामा दिएका छन्। राजवंशीले आफ्नो व्यक्तिगत घरायसी कारण देखाउदै सो पदबाट राजीनामा दिएका हुन्।
संस्थाको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको हो। साथै, सोही बैठकबाट अर्काे व्यवस्था नभएसम्मका लागि संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त गरेको छ।





About Us
प्रतिक्रिया