कालिका लघुवित्तको सीईओमा पाण्डे नियुक्त


काठमाडौं – कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फणिन्द्र पाण्डे नियुक्त भएका छन्। संस्थाको माघ १५ गते बसेको सञ्चालक समितिको २६६ औं बैठकले रिक्त रहेको सो पदमा वालिङ नगरपालिका वडा नं।६, स्याङजा निवासी पाण्डे लार्ड नियुक्त गरेको हो।

पाण्डले यसअघि पनि संस्थाको कामु सीईओको जिम्मेवारीमा थिए। पाण्डेलाई सीईओमा आज माघ १८ गतेदेखि लागूहुने गरी नियुक्त गरिएको संस्थाले जनाएको छ।