काठमाडौं – बाँकेको नेपालगंज उपमहानगरपालिका-१३ महापुर्वा बस्ने ३७ वर्षीय सन्तोष कुमार गोडियाको टहरामा जुवातास खेलिरहेको अवस्थामा सन्तोष समेत ५ जनालाई शुक्रवार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ४५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया