काठमाडौं – नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन कार्यको लागि रेटिङ नेपाल ‘डबल बी’ रेटिङ पाएको छ। केयर रेटिंग नेपाल लिमिटेडको माघ १४ गतेको निर्णयबाट कम्पनीले रेटिंग पाएकाे हो।
नेक्सजेन म्यानेजमेन्टले लगानी कम्पनीको रुपमा काम गर्ने गरी ०८२ पौष मसान्तभित्र संस्थापकहरूबाट ५० करोड पूँजी जुटाई सकेको छ २०७४ सालमा स्थापना भएको कम्पनी बिगत ६ वर्षदेखि खुद मुनाफामा चलेको छ।
गत वर्षहरूमा लाभांश वितरण गरिरहेको यस कम्पनीको नेटवर्थ अंकित मुल्य भन्दा बढी नै रहेको विज्ञप्तीमा उल्लेख छ। २०८२ माघ ५ गते सम्पन्न कम्पनीको विशेष साधारण सभाले २० प्रतिशत शेयर सर्वसाधारणमा जारी गरी चुक्ता पूँजी ६२ करोड ५० लाख पुर्याउने निर्णय गरेको थियो।
सर्वसाधारणमा शेयर निष्काशनको लागि नेक्सजेनले लक्ष्मी सनराईज क्यापिटल मार्केटसँग गएको मंसिर ८ गते सम्झौता गरिसकेको जानकारी गराएको छ।





About Us
प्रतिक्रिया