कृषि विकास बैंकको नाफा घट्यो, कस्तो छ अन्य सूचक ?


काठमाडौं – कृषि विकास बैंकको नाफामा गिरावट देखिएको छ। बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ७० करोड ७४ लाख खुद नाफा कमाएको हो। जबकी बैंकले गत वर्षको पुस मसान्तसम्म कमाएको ९५ करोड ७५ लाख खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी भने बढेको छ। बैंकको खुद ब्याज आम्दानी गत वर्षको ३ अर्ब ८७ करोड ६७ लाखबाट बढेर ४ अर्ब ५१ करोड ८१ लाख पुगेको छ। यस्तै, बैंकको खुद फी तथा कमिशन आम्दानी ६२ करोड ४१ लाख पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब २२ करोड ११ लाख छ। बैंकको सञ्चालन नाफा १ अर्ब ९२ लाखमा झरेको छ।

बैंकको प्रतिशेयर आम्दानी ९.८९ रुपैयाँमा झरेको छ। बैंकको खराब कर्जा ४.६५ प्रतिशत कायम छ। हाल बैंकको चुक्ता पूँजी १९ अर्ब ७३ करोड छ भने जगेडा कोषमा करिब ७२ करोड रुपैयाँ र रिजर्भमा १७ अर्ब ७ करोड सञ्चित रहेको छ।