काठमाडौं – कुमारी बैंकको नाफामा सुधार आएको छ। बैंकले प्रकाशन गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफामा सुधार आएको हो।
पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७२ करोड १ लाख खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २७ करोड ५७ लाख खुद नाफा कमाएको थियो।
बैंकको ६ अर्ब ७८ करोड ३५ लाख ब्याज आम्दानी गरेको छ। बैंकले गत वर्षको सोही अवधिमा ५ अर्ब ३१ करोड ४० लाख खुद ब्याज आम्दानी गरेको थियो। खुद फि तथा कमिसन आम्दानी १ अर्ब ६० करोड ९२ लाख पुगेको छ। बैंकको कुल सञ्चालन आम्दानी ९ अर्ब २१ करोड २९ लाख पुगेको छ । बैंकको सञ्चालन नाफा ४ अर्ब ३६ करोड ६५ लाख पुगेको छ।
हाल बैंकको वितरणायोग्य नाफा ८६ करोड २३ लाख रहेको छ। हाल बैंकको चुक्तापुँजी २६ अर्ब २२ करोड ५९ लाख रहेको छ भने गेडा कोषमा १६ अर्ब ४० करोड ५३ लाख छ। बैंकको प्रतिशेयर आम्दानी ० रुपैयाँ ७४ पैसा छ।





About Us
प्रतिक्रिया