ग्लोबल आईएमई बैंकको नाफा वृद्धि, कस्ता छन् अन्य वित्तीय सूचक ?


काठमाडौं – ग्लोबल आईएमई बैंकको नाफामा सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले दोस्रो त्रैमासमा बैंकको नाफामा सुधार देखाएको हो ।

चालु आर्थिक वर्षको पहिलो छ महिनामा बैंकले ३ अर्ब २५ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख खुद नाफा कमाएको थियो । यस्तै, पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २ करोड २३ लाख ब्याज आम्दानी गरेको छ। गत वर्षको यही अवधिसम्म बैंकले ८ अर्ब २९ करोड ८५ लाख ब्याज आम्दानी गरेको थियो । हाल बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४२ करोड ६६ लाख रहेको छ। चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ४ अर्ब २७ करोड ६३ छ ।

हाल बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रहेको छ भने रिजर्भमा २६ अर्ब २७ करोड ८ लाख रहेको छ। बैंकले ६ खर्ब ५ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको खराब कर्जा अनुपात ०.८८ प्रतिशतमा पुगेको छ ।