काठमाडौं – एनएमबि बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले दोस्रो त्रैमासमा बैंकको नाफामा गिरावट आएको देखाएको हो ।
बैंकले पुस मसान्तसम्ममा १ अर्ब ६४ करोड ८६ लाख नाफा आर्जन गरेको छ । जबकी बैंकले गत वर्षको यस अवधिमा २ अर्ब ३५ लाख नाफा कमाएको थियो । यस्तै, बैंकले ४ अर्ब ७७ करोड १४ लाख खुद ब्याज आम्दानी गरको छ । गत वर्षको यही अवधिमा बैंकले ४ अर्ब २५ करोड ३२ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
त्यस्तै, बैंकको खुद फी तथा कमिशन आम्दानी बढेर १ अर्ब ३४ करोड २९ लाख पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ५४ करोड ९२ लाख कायम भएको छ ।
हाल बैंकको चुक्ता पूँजी १९ अर्ब २८ करोड ५० लाख रहेको छ भने बैंकको जगेडा कोषमा १३ अर्ब ३७ करोड ६८ लाख सञ्चित रहेको छ । हाल बैंकको खराब कर्जा ३.९६ प्रतिशतबाट बढेर ४.५६ प्रतिशत पुगेको छ ।





About Us
प्रतिक्रिया