प्राइम कमर्सियल बैंकको नाफामा सुधार, कस्ता छन् अन्य वित्तीय सूचक ?


काठमाडौं – प्राइम कमर्सियल बैंकको नाफामा सुधार देखिएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले बैंकको नाफामा सुधार आएको देखाएको हो ।

बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ४ करोड ३३ लाख खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत वर्षको यही अवधिमा १ अर्ब ८६ करोड ९९ लाख खुद नाफा आर्जन गरेको थियो । यस्तै, बैंकले पुस मसान्तसम्ममा ४ अर्ब ६५ करोड ३३ लाख खुद ब्याज आम्दानी गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ४ अर्ब ४१ करोड ९२ लाख याज आम्दानी गरेको थियो ।

पहिलो ६ महिनामा बैंकको खुद फी तथा कमिशन आम्दानी १ अर्ब ३ करोड ८ लाख पुगेको छ । गत वर्ष यस्तो आम्दानी ८९ करोड ३१ लाख रहेको थियो । यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब नाघेको छ ।

बैंकको सञ्चालन नाफा ३ अर्ब ३९ करोड ५३ लाख छ । बैंकको आम्दानी बढ्दापनि वितरणयोग्य मुनाफा घटेको छ । बैंकको वितरणयोग्य मुनाफा ३७ करोड कायम छ । गत वर्ष वितरणयोग्य मुनाफा १ अर्ब ८४ करोड १७ लाख थियो ।

हाल बैंकको चुक्ता पूँजी २० अर्ब ९५ करोड छ भने जगेडा कोषमा ३७ करोड र रिजर्भमा १३ अर्ब ४१ करोड सञ्चित रहेको छ ।