नेपाल बैंकले कमायो १ अर्ब ३० करोड नाफा, कस्ता छन् अन्य सूचक ?


काठमाडौं – नेपाल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा बैंकले १ अर्ब ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब बढी नाफा कमाएको देखाएको हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। पुस मसान्तसम्ममा बैंकले ४ अबै ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको ४ अर्ब ६२ करोड खुद ब्याज आम्दानी गरेको थियो।

हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रहेको छ भने २४ अर्ब ७८ करोड २४ लाख रुपैयाँ छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ४९ लाख रुपैयाँ ऋणात्मक रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ७६ पैसा पुगेको छ।