काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा उल्लेख्य गिरावट देखिएको छ। बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार १ अर्ब ६१ करोड ३० लाख ३४ हजार नाफा आर्जन गरेको छ। जबकी बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ८३ करोड २३ लाख २६ हजार नाफा आर्जन गरेको थियो।
पुससम्ममा बैंकले खुद ब्याज आम्दानी ६ अर्ब ४२ करोड ३ लाख २१ हजार गरेको छ। गत वर्षको बैंकले ७ अर्ब ३६ करोड ५१ लाख २४ हजार खुद ब्याज आम्दानी गरेको थियो। दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ९ करोड २८ लाख ६७ हजार छ। यस्तै, कुल सञ्चालन आम्दानी ८ अर्ब ५८ करोड ४८ लाख ४४ हजार रहेको छ भने बैंकले सञ्चालन नाफा २ अर्ब ४० करोड २१ लाख २८ हजार गरेको छ। हाल बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६२ करोड १० लाख ६२ हजार रुपैयाँ ऋणात्मक रहेको छ।
हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रहेको छ भने जगेडा कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख रहेको छ। बैंकको निक्षेप संकलन ५ खर्ब १९ अर्ब १० करोड १३ लाख ४ हजार रुपैयाँ र कर्जा लगानी ३ खर्ब २८ अर्ब १६ करोड २३ लाख २२ हजार रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ९.४५ रुपैयाँ कायम छ। पुस मसान्तसम्ममा बैंकको खराब कर्जा ७.९० प्रतिशत पुगेको छ। जबकी गत वर्षको पुससम्ममा ५.८६ प्रतिशत थियो।





About Us
प्रतिक्रिया