काठमाडौं – प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब बढी नाफा कमाएको छ। बैंकले वित्तीय विवरण प्रकाशित गर्दै १ अर्ब १ करोड ४४ लाख नाफा कमाएको देखाएको हो। जबकी बैंकले गत आर्थिक वर्षको यही अवधिसम्ममा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकले ४ अर्ब ९८ करोड ४० लाख खुद ब्याज आम्दानी गरेको छ। बैंकले गत आर्थिक वर्षको यही अवधीमा ४ अर्ब ८६ करोड ७९ लाख ब्याज आम्दानी गरेको थियो। बैंकको खुद फि तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ३८ लाख पुगेको छ।
पुस मसान्तसम्ममा बैंकको कुल सञ्चालन आम्दानी ६ अर्ब ६९ करोड ६४ लाख रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन मुनाफा १ अर्ब ९६ करोड ६५ लाख कायम भएको छ। पुससम्ममा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा छ।
चालु आर्थिक वर्षको वितरणयोग्य नाफा ७९ करोड १० लाख रुपैयाँ ऋणात्मक छ। हाल बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २५ लाख रहेको छ भने जगेडा कोषमा १४ अर्ब २२ करोड २७ लाख रुपैयाँ छ। बैंकको निष्क्रिय कर्जा ७.९४ प्रतिशत पुगेको छ। जबकी गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा यस्तो दर ५.०६ प्रतिशत थियो।





About Us
प्रतिक्रिया