काठमाडौं – चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकको नाफामा सामान्य वृद्धि देखिएको छ। बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकले २ अर्ब ११ करोड ७१ लाख नाफा आर्जन गरेको हो।
खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानी बढ्दा बैंकको नाफामा केही सुधार आएको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको थियो।
बैंकको खुद ब्याज आम्दानी बढेर ४ अर्ब ५७ करोड २९ लाख पुगेको छ । गत वर्ष यस्तो आम्दानी ४ अर्ब ३१ करोड ५८ लाख रहेको थियो। बैंकको खुद फि तथा कमिसन आम्दानी ९२ करोड १० लाख रूपैयाँ पुगेको छ। दोस्रो त्रैमाससम्ममा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ८१ करोड ४८ लाख पुगेको छ। दोस्रो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ८६ पैसा छ।
पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड ८६ लाख छ। हाल बैंकको चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख रहेको छ भने जगेडा कोषमा १८ अर्ब ५२ करोड रुपैयाँ छ। हाल बैंकको निष्क्रिय कर्जा ०.६६ प्रतिशत छ।





About Us
प्रतिक्रिया