बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल


काठमाडौं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेललाई नियुक्त गरेको छ । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा कार्यरत पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरण अध्यक्षको जिम्मेवारी दिएको हो । पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी नियुक्त गरेको हो ।

सरकारले उनलाई गत बैशाकमा सचिवमा बढुवा गरेको थियो । पौडेलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि काम गरिसकेकी छिन् ।