काठमाडौं – कुनैपनि विकासोन्मुख तथा विकसित अर्थतन्त्रमा बीमा बिक्री गरिन्छ। बीमा कम्पनीमा एजेन्सी कम्पनीको ठुलो भूमिका रहन्छ। हरेक ठाउँमा बीमा एजेनसीले काउन्सिलिङ गरेर नै बिक्री गरिन्छ। जसकारण प्रविधिको प्रयोग गरेर अथवा इन्सुरटेकलाई विकास गरेर एजेन्सीको च्यानल नै चाहिँदैन। अर्को प्रविधिको नै विकास गर्छु भनेर कुनैपनि कम्पनी लाग्दैन।
बीमा कम्पनीको काम भनेको बीमाको प्रविधि तथा इन्सुरटेकको माध्यमबाट पूरा गराउने हो। एजेन्सीलाई पुरक गरेर हामीले सेवा प्रवाह गर्ने च्यालनसँग अन्त्य गर्ने होइन। त्यसैले, जुन तरिकाले आज एजेन्सी फोर्सले काउन्सेलिङ गर्छ। उनीहरुको प्रक्रिया र तरिकालाईमात्रै प्रविधि प्रयोग गरेर केही उपकरणहरु प्रदान गर्ने हो।
एजेन्सीलाई डिजिटल्ली इनेबल गर्नुपर्छ। हामीले एजेन्सीलाई दिन सक्ने डिजिटल सेवाहरू जस्तै सूचनामा तथा सर्भिसमा इनेबल गर्नुपर्छ। उनीलाई डिजिटल शक्ति प्रदान गर्नुपर्छ। त्यसपछि उनीहरूले ग्राहकलाई बुझाउन सक्ने एआई तथा विभिन्न किसिमका उपकरणहरू दिएर कुराकानी गर्ने तरिका बढाउने पोलिसि होल्डरलाई दिन सक्ने सेवा चाँडो हुनसक्ने र विभिन्न आपत्तिहरूलाई तत्काल समाधान गर्न नसक्ने किसिमका प्लेटफर्म निर्माण गर्ने हो।
इन्सुरटेकको माध्यमबाट नयाँ वितरण च्यानल नै बनाउँछु नयाँ पोर्टफोलियो बढाउँछु भन्ने किसिमको स्ट्राटेजी कसैले पनि लिँदैन। एजेन्सी फोर्सलाई डिजीटल्ली इनेबल गरेर शक्ति बढाउने मात्रै हो। बीमा भन्ने बित्तिकै जहिले पनि दाबी भुक्तानीको विषय आउँछ। हामी सधैँ दाबी भुक्तानी नभएका विषयमा मात्रै कुरा गर्छौँ। कुनैपनि कम्पनीको दाबी भुक्तानीको रेसियो हेर्ने हो भने जीवन बीमा कम्पनीको ९० प्रतिशतभन्दा बढी हुन्छ। कस्तो अवस्थामा अस्वीकार हुन्छ भने भ्रममा पर्यो भने मात्रै अस्वीकार हुन्छ त्यो हुनु पनि पर्छ। त्यसबाहेक कम्पनीको जिम्मेवारी र दायित्व भनेको नै दाबीको भुक्तानी गर्ने हो।
जीवन बीमा कम्पनीले विभिन्न सूचनाहरूलाई ल्याएर अध्ययन गरेर त्यसको निर्णय गर्ने हो। ती सूचना भनेको अस्पतालको हुन सक्छ। दाबीको प्रकृति हेरे प्रहरीबाट आउन सक्छ। वडाबाट आउन सक्छ। यी विभिन्न किसिमका सूचनाहरू ल्याएर कुन सन्दर्भमा कस्तो किसिमको घाटा भएको छ। कम्पनीले त्यसलाई हेरेर निर्णय लिने हो। आजको सबैभन्दा ठुलो चुनौती नै दाबी भुक्तानीलाई सहज बनाउन विघटित सिस्टममा काम गर्नुपर्ने अवस्थामा छौँ।

कम्पनीको एउटा सिस्टम हुन्छ, अस्पतालको आफ्नै सिस्टम छ। सरकारका निकायहरूको आफ्नै सिस्टम छ। यो सबै सिस्टमलाई एउटा इकोसिस्टम बनाएर निर्णय प्रक्रियालाई अझ सहज बनाउन सकिन्छ। यसो गरेको भए हामी अघिल्लो खुड्किलामा पुग्थौं। बीमा प्राधिकरणमा जुन सूचना केन्द्र बन्दैछ। त्यहाँ पनि सूचना संकलनमात्रै नभई विभिन्न इकोसिस्टमलाई कनेक्ट गरेर कुनैपनि कम्पनीलाई निर्णय लिँदा आवश्यक पर्ने सूचना पनि उपलब्ध गराउन भनेका छौँ। प्राधिकरण यो मोडलमा जान विभिन्न तथ्यांक उपलब्ध गराउने संस्थासँग सहकार्य गर्नुपर्छ। तथ्यांकका व्यवस्थापनका विषयमा पनि ध्यान दिनुपर्ने हुन्छ। सूचना केन्द्र भएपनि मात्रै सबै इकोसिस्टमबाट आएको तथ्यांकलाई लिएर कम्पनीले सत्य सूचनाको आधारमा काम गर्न सक्छ।
अहिले त कम्पनी कुनै एउटा अस्पतालमा गयो भने अस्पतालले तथ्यांक नै नदिने अवस्था छ। कम्पनीले दाबी पर्ने बित्तिकै दाबी भुक्तानी गर्न खोज्छ। हस्पिटलले सहकार्य नै गरिदिँदैन। अस्पताललाई कुनै पनि कानुनले बाँधेको छैन कि एउटा कम्पनीले आएर तथ्यांक माग्दा दिनुपर्छ भनेर कहीँ पनि उल्लेख छैन।
यस्तै, वडामा आफ्नै चुनौतीहरू छन्। प्रहरीमा केही हदसम्म सहजीकरण पाइन्छ। अन्य निकायहरूमा उनीहरूको समस्या भएका कारण नै कहीँ कतै दाबी भुक्तानीमा ढिलाइ भएको छ। तर, यो भन्दै गर्दा आजको दिनमा बीमा क्षेत्रले केही वर्षको तुलनामा विकास गरेको छ। बीमाका लागी मार्केटिङको महत्त्वपूर्ण माध्यम भनेकै दाबी भुक्तानी हो।
(सुर्यज्योति लाइफ इन्स्याेरेन्सका सीईओ खत्रीले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शको चाैथाे सत्र इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै विषयक सत्रमा राखेकाे विचारमा आधारित)





About Us
प्रतिक्रिया