सानिमा बैंकका सीईओ आचार्यले आजबाट सम्हाले जिम्मेवारी


काठमाडौं – सानिमा बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार आचार्यले आजबाट कार्यभार सम्हालेका छन्। आचार्य गत कात्तिक २४ गते बसेको बैंककाे सञ्चालक समितिको बैठकको निर्णयअनुसार सीईओमा नियुक्त भएका थिए।

बैंकका हालका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेको कार्यकाल माघ ११ गते समाप्त हुने भएकाले उक्त पद रिक्त हुने थियो। बैंकको सञ्चालक समितिको निर्णयअनुसार (माघ १२ गते) आजदेखि आगामी चार वर्षका लागि बैंकका यसअघि नायव प्रमुख कार्यकारी अधिकृत आचार्यले सीईओकाे सम्हालेका हुन्।

यससम्बन्धी जानकारी सानिमा बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई औपचारिक रूपमा गराएको छ। बैंकका अनुसार नेतृत्व हस्तान्तरण प्रक्रियालाई निरन्तरता र स्थायित्व दिने उद्देश्यले आन्तरिक व्यवस्थापनबाटै नयाँ सीईओ नियुक्त गरिएको हो।