काठमाडौं – मेट लाइफ इन्स्योरेन्सका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बैंक तथा बीमा कम्पनीबीच सहकार्य गरे बैंकासुरेन्सको समाधान निस्किने र यसको गाँठो फुकाउन सक्ने बताए। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा भएको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘बैंकासुरेन्स नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा श्रेष्ठले यस्तो बताएका हुन् ।
उनले ग्राहकलाई केन्द्रमा राख्न सके मात्रै यसको समाधान निस्किने बताए। बैंकिङ्ग क्षेत्रले जति पनि ग्राहकहरूका लागि काम गर्नुहुन्छ उहाँहरूले ग्राहकलाई केन्द्रमा राख्दै आउनु भएको छ। उनले भने, एउटा फाइनान्सियल अप्लिपमेन्टलाई निरन्तरता दिन बैंक र इन्स्योरेन्ससँगै आएपछि मात्रै कुनै पनि व्यक्तिको जीवनको वित्तीय समाधान दिने हो।

अन्तर्राष्ट्रिय बजारमा बैंकासुरेन्सको विकास हुँदा नेपालमा बन्द भएकाले फेरि सुरुदेखि जानुपर्ने अवस्था छ। बैंक र इन्स्योरेन्स कम्पनी मिलेर अन्तर्राष्ट्रिय बजारको तुलनामा फरक किसिमको प्रडक्ट ग्राहकहरूलाई दिन सकिने उनले बताए।





About Us
प्रतिक्रिया