‘रिलायबल नेपाल लाइफले इनोभेसनमा चासो देखाउँदै आइरहेको छ’


काठमाडौं – नेपाली बजारमा विस्तारै बीमा देखिन थालेको छ। मिडिया र विभिन्न क्षेत्रमा बीमाका विषयहरू उठ्न थालेका छन्। विगत तीन वर्षदेखि हुँदै आएको नेशनल इन्स्योरेन्स डिस्कोर्शको छलफलमा भएका विषयहरू नीति तथा व्यवस्थामा नै समेटिएका छन् भने कतिपय विषय पाइप लाइनमा पनि छ। 

व्यक्तिगत र संस्थागतको निक्षेपको धेरै ठुलो अन्तर देखिएको छ। संस्थागत रूपमा आएका पैसा पनि ग्राहक र पोलिसि होल्डर कै भएकाले यस्तो फरकले व्यवसायमा समस्या ल्याउने भएकाले यसमा हेरफेर गर्नुपर्ने विषय पटक पटक उठान गर्दै आएका थियौँ। जसमा गत वर्षको डिस्कोर्शमा पनि यस विषयमा बहस भएको थियो। त्यसपश्चात् यस विषयमा हेरफेर भएकाले सार्वजनिक फोरमबाटै म नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय धन्यवाद व्यक्त गर्न चाहन्छु। 

हिजोका दिनमा धेरै लगानीहरू मुद्दति निक्षेप (एफडि) मा थियो। अहिले कम्पनीहरूले आफै मर्चेन्ट बैंकिङ्गहरु समेत सञ्चालन गर्न थालेको अवस्था छ। कम्पनीहरूले आफै लगानी गरिरहेको अवस्था समेत छ। उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सहज वातावरण बन्नु बीमा कम्पनीलाई मात्रै नभएर समग्र बीमा क्षेत्रमा नै राम्रो विषय हो। जसका लागी नेपाल बीमा प्राधिकरणलाई धन्यवाद  व्यक्त  गर्न चाहन्छु। 

इन्स्योरेन्स क्षेत्रका नियामक निकाय, कम्पनीहरू र सरोकारवालालाई एकै स्थानमा ल्याएर बीमा क्षेत्रका समस्या र समाधानका उपायहरू खोजिनेछ भन्ने विश्वास लिएको छु। रिलायबल नेपाल लाइफले नयाँ नयाँ इनोभेसनमा चासो देखाउँदै आइरहेको छ।
(रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सीईओ लोहनीले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शमा राखेको मन्तव्यमा आधारित)