हामीले बीमा क्षेत्रलाई प्राथमिकतामा राखेका छौँः उपाध्यक्ष डा. श्रेष्ठ


काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठले बीमा क्षेत्रलाई एउटा स्तम्भको रुपमा लिएर प्राथमिकतामा राखेको बताएका छन्। उनले तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को ‘स्पेसल डुओलग’ बीमाको अर्थशास्त्र विषयलाई सम्बोधन गर्दै बीमा क्षेत्र योजना आयोगको प्राथमिकतामा परेको बताएका हुन्।

स्पेसल डुओलगमा बैंकिङ्ग समाचारका प्रबन्धक निर्देशक राजु ढुंगेलको यहाँहरुले बीमा क्षेत्रलाई प्राथमिकता मा राख्नु भएको छ ? भन्ने पश्नको जवाफ दिँदै बीमा क्षेत्रलाई प्रमुख स्तम्भको रुपमा लिँदै प्राथमिकतामा राखिएको बताए। उनले सकारी सम्पत्तिको बीमाको पक्षमा कार्यान्वयन पक्ष भने फितलो रहेको औँल्याए।

Skip This