डेटा एक्सचेन्ज प्ल्याटफर्म निर्माण गर्नुपर्छ : सीईओ सापकोटा


काठमाडौं – फोन पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस सापकोटाले डेटा एक्सचेन्ज प्लटफर्म बढ्नुपर्ने बताएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ को चौथो सत्र इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै’ विषयकमा छलफल गर्दै उनले यस्तो बताएका हुन्।

उनले बैंक तथा बीमा कम्पनीहरूले प्रयोग गर्न मिल्ने गरी डेटा एक्सचेन्ज प्ल्याटफर्म निर्माण गर्नुपर्ने बताएका हुन् । व्यक्तिगत डेटा सुरक्षालाई ध्यानमा राख्दै डेटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्नुपर्ने बताए। साथै, उनले सुरक्षाको नाममा सबै कुरा बन्द गर्न नमिल्ने बताएका छन्।

यस सत्रमा सीईओ सापकाेटासँगै सूर्य ज्योतिका सीईओ प्रकाश विक्रम खत्री, खल्ती वाइ आईएमईका सीईओ प्रवीण रेग्मी र युनाइटेड अजोड इन्स्योरेन्सकी कार्यवाहक सीईओ रेना रिजाल रहेकी छिन्।

Skip This