स्वास्थ्य बीमा नारामा मात्र सीमित भएको जस्तो देखिएको छः सीईओ पाण्डे


काठमाडौं – शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपप्रकाश पाण्डेले स्वास्थ्य बीमा नारामात्र सीमित भएको जस्तो देखिएको बताएका छन्। तेस्रो इन्स्योरेन्स डिस्कोर्शको तेस्रो सत्र स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य विषयकमा छलफल गर्दै सो बताएका हुन्।

उनले भने,‘स्वास्थ्य बीमा अभ्यासमा आएको समय हुँदा पनि प्रभावकारी बन्न सकेको छैन।’

यस सत्रमा छलफलका लागि सीईओ पाण्डेसँगै बीमा प्रधिकरणका निर्देशक शम्भराज लामिछाने, नेपाल मेडिसिटीका सीईओ डा.अमित तोमर र सिंगापुरका प्रोफेसर इयान लिम वक्ताका रुपमा रहेका छन्।

Skip This