काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले केही बीमा कम्पनीले गल्ती गर्दै सबैलाई दण्ड दिन नमिल्ने बताएका छन्। तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को दोस्रो सत्र भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण विषयक छलफलमा उनले नेपालमा एकदुई वटा कम्पनीले गल्ती गरे भन्दैमा दण्ड दिनेभन्दा बन्दै गर्ने प्रवृत्ति रहेको औँल्याएका हुन्।
सीईओ क्षेत्रीले भने ,‘हरेक वर्ष इन्नोभेसन ल्याउनु भन्ने प्राधिकरणको गाइडलाइन भएकाले यसले प्रोत्साहन गरिरहेको छ । अहिलेको पोलिसी हिजोको लाइफस्टायल हेरेर बनाइएको छ, यसलाई आजको लाइफस्टायलसँग मिल्ने गरी बनाउनुपर्छ।’
यस सत्रमा सीईओ क्षेत्रीसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–सचिव डा. भिम प्रसाद सापकोटा, हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीईओ अन्जु श्रेष्ठ, नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुंगेल अधिकारी रहेका छन्।







About Us
प्रतिक्रिया