स्वार्थको द्वन्द्व नहोस् भनेर बैंकासुरेन्स स्थगन गरेका हौंः कार्यकारी निर्देशक पौडेल


काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले स्वार्थको द्वन्द्व नहोस् भनेर बैंकासुरेन्स स्थगन गरिएको बताएका छन्। तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ को पहिलो सत्र ‘बैंकासुरेन्स नीति, नियामक र बजारको वास्तविकता’ छलफल गर्दै उनले साे बताएका हुन्।

उनले भने ‘हामीले अहिले अवलम्बन गरेको बैंकिङ्ग सिस्टम युनिभर्सल होइन । सेग्मेन्टेड खालको सिस्टम अवलम्बन गरिरहेका छौं । इन्स्योरेन्स कम्पनीलाई अलग्गै नियमनकारी निकाय छन्। एउटा नियमनकारी निकायले अर्को नियमनकारी निकायअन्तर्गतको प्रडक्टलाई कसरी रेगुलेट गर्ने भन्ने विषय आउँछन्। बैंक तथा वित्तीय संस्थाले अभिकर्ता भएर बीमाको पोलिसी बेच्दा केही गुनासा आएका थिए। प्राधिकरणले रेगुलेट गर्नुपर्ने विषयमा राष्ट्र बैंकले समन्वय गर्नुपर्ने हुन्छ। यसमा पनि कुनै दुविधा नहोस् भनेर बैंकस्सोरेन्स बन्द गरिएको छ। बैंकको च्वाइसमा बीमा लिने की ग्राहकको इच्छाअनुसार लिने हो भनेर बहस गर्नुपर्छ । बैंकले एमओयु गरेका आधारमा बीमा लिनुपर्ने हुँदा मिससेलिङ वा फोर्ससेलिङ हुने जोखिम नहोस्, स्वार्थको द्वन्द्व नहोस् भनेर हो। केही समयका लागि स्थागित गरेका हौं’

यो सत्रमा छलफलका लागि कार्यकारी निर्देशक गुरु पौडेलसँगैनेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारी, एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित शाक्य, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, मेट लाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठ सहभागी छन्। यस सत्रकाे मध्यस्थकर्ता सञ्चारकर्मी टिकाराम यात्री रहेका छन्।रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शकाे पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको छ।

Skip This