काठमाडौं – सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले बीमा क्षेत्रमा देखिएका परिवर्तनलाई आत्मसात् गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेकाे बताएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा भइरहेकाे तेस्राे नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ लाई सम्बोधन गर्दै उनले साे बताएका छन्।
सीईओ क्षेत्रीले भने’हामीलाई तपाईंको योगदान सधैँ आवश्यक छ। इन्सुरेन्स क्षेत्रमा, विशेषगरी थर्ड ग्राउन्ड इन्सुरेन्स कोर्सअन्तर्गतको मिटिगेसनको विषयमा, इन्सुरेन्स कम्पनीले आफैँले तयार पारेको कार्यक्रम र त्यसमा गरिएको लामो फलोअपबारे यहाँ आएर सबै कुरा सेयर गरिरहनुभएको छ। यसले धेरै महत्त्व राख्छ।’
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शकाे पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको छ।
डिस्कोर्शमा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा.प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया