इन्स्योरेन्स डिस्कोर्शमा उठेका विषयहरू बजेट, नीतिहरूमा समेटिइरहेका छन्ः प्रबन्ध निर्देशक ढुंगेल


काठमाडौं – बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले नेशनल इन्स्याेरेन्स डिश्काेर्शमा उठेका विषयहरूले बजेट, नीति, तथा ऐन कानुनहरूमा स्थान पाइरहेको बताएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा काठमाडौंको याक एण्ड यति होटेलमा सुरु भएको तेस्राे संस्करणकाे नेशनल इन्स्याेरेन्स डिस्कोर्श-२०२६ लाई सम्बाेधन गर्दै प्रवबन्ध निर्देशक ढुंगेलले पहिलाे र दाेस्राे संस्कणकाे डिश्काेर्शले उठान गरेका सरकारी भौतिक सम्पत्तिको बीमा लगायतका विषयहरू बजेटमा समेटिएको बताएका हुन्।

प्रवन्धक निर्देशक ढुंगेलले भने,’ गत वर्षको डिस्कोर्शमा भएको छलफलअनुसार र अर्थमन्त्रालयमा बुझाइएको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको बजेटमा सरकारी भौतिक सम्पत्तिको बीमा गर्ने विषय समेटिएको छ। यहाँ सचिवज्यू समेत हुनुहुन्छ । यो व्यवस्थाका लागि यहाँलाई पनि विशेष धन्यवाद। यस्तै, पहिलो डिस्कोर्शमा गरिएको नेपालका बीमा कम्पनीहरूलाई विदेशमा शाखा खोल्न अनुमति दिनुपर्छ भन्ने छलफलअनुसार बीमा प्राधिकरणले ५ वटा कम्पनीलाई अनुमति दिइसकेको छ।’

यस्तै, ढुंगेलले देशको बीमा क्षेत्रलाई सकारात्मक दिशामा लैजानका लागि आवश्यक पर्ने नीति निर्माणमा नै रचनात्मक भूमिका खेल्न पाउँदा गौरवान्वित महसुस बताए।

Skip This