पूर्व अर्थमन्त्री प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता


नुवाकोट – पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता गरेका छन्। प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट डा. महतले उम्मेदवारी दर्ता गरेका हुन्।

उनी क्षेत्र नं–१ बाट प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फ एकल सिफारिस भएका छन्। पार्टीभित्रका अन्य नामभन्दा महतको लोकप्रियता र नेतृत्व क्षमतालाई आधार मान्दै क्षेत्रीय समितिले उनीमाथि पूर्ण विश्वास व्यक्त गरेको बताइएको छ।

समानुपातिकतर्फ भने पुरुष सूचिमा कृष्ण बहादुर लामा, महेन्द्र थिङ, कबिराज गुरुङ र प्रकाश गौतमका नाम सिफारिस गरिएको छ। समानुपातिक महिला समूहमा भवानी देवकोटा र अन्जु आचार्य सिफारिस सूचीमा परेका छन् भने दलित महिला कोटाबाट कल्पना नेपाली को नाम सिफारिस गरिएको छ।

त्यस्तै, राष्ट्रिय सभाका लागि खुला समूहबाट रामकृष्ण थापा तथा अपाङ्गता समूहबाट भाग्यश्री लामाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ।

Skip This