चार थान भरूवा बन्दुकसहित तीन जना पक्राउ


काठमाडौं – स्याङ्जाको विरूवा गाउँपालिका– ३ सिउडीबाट भरूवा बन्दुक ४ थानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७८ वर्षीय तिल बहादुर पुलामी, ६८ वर्षीय मिन बहादुर पुलामी र ६८ वर्षीया खिमसरा पुलामी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले तिल बहादुरको घर तलासी गर्दा २ थान, मिन बहादुरको घरबाट १ थान र खिमसराको घरबाट १ थान बन्दुक फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।