मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले ७० हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी पुनम चन्द वुच्चाको नाममा रहेको ७८ हजार ५७२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

बैंकले सो शेयर पहिलो चरणमा बैंकको विद्यमान संस्थापक शेयरधनीलाई बिक्रीमा राखेको जनाएको छ। उक्त शेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

इच्छुले बैंकको केन्द्रिय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।