मुक्तिनाथ कृषि कम्पनीको कार्यकारी प्रमुखले दिए राजीनामा


काठमाडौं – मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको कार्यकारी प्रमुख भरतराज ढकालले राजीनामा दिएका छन्। ढकालले आफ्नो व्यक्तिगत समय व्यवस्थापनकाे कारण देखाउँदै सो पदबाट राजीनामा दिएका हुन्।

कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार उनले दिएको राजीनामा स्वीकृत गरेको छ। साथै, सोही बैठकले सो पदमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) रामशरण तिमल्सिनालाई नियुक्त गरेको हो।