काठमाडौं – तेस्रो संस्करणको नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२६ सुरु भएको छ। काठमाडौंको याक एण्ड यति होटेलमा सुरु भएको डिस्कोर्शको उद्घाटन अर्थ सचिव डा. घनश्याम उपाध्यायले उद्घाटन गरेका छन्।
बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा बीमा क्षेत्र कै लागी महत्वपूर्ण कार्यक्रम सुरु भएको हो।डिस्कोर्शमा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति छ।
उद्घाटन सत्र सकिएलगतै डिस्कोर्शमा ४ वटा सत्रमा छलफल हुनेछ। चार डिस्कोर्शमा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै जस्ता विषयमा छलफल हुनेछ।
सत्रगत छलफल सकिएपछि विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा.प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।







About Us
प्रतिक्रिया