सुन चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड ब्रेक, आज पनि भारी वृद्धि

'तोलामा २७ सय रुपैयाँले बढ्याे मूल्य'


काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढेको हो।

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ७० रुपैयाँले बढेको छ। यससँगै चाँदी तोलामा ५ हजार ८८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ८१० रुपैयाँमा चाँदी कारोबार भएको थियो।