काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्शको सपोर्टटेड वाईमा १० कम्पनी आबद्ध भएका छन्। आगामी माघ ७ गते बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको इन्स्योरेन्स डिस्कोर्शमा विभिन्न क्षेत्रका १० कम्पनी आबद्ध भएका हुन्।
डिस्कोर्शको सपोर्टटेड वाइमा बीमा कम्पनीहरुमा सिटिजन लाइफ, एनएलजी इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, मेट लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, ओरिएन्टल इन्स्योरेन्स, प्रभु इन्स्याेरेन्स, शिखर इन्स्याेरेन्स रहेका छन्। यस्तै,तपस्या विजनेश म्यानेजमेन्ट र शिखर प्रि स्कुलपनि डिस्कोर्शका सपोर्टटेड वाईमा आबद्ध छन्।
रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, डिस्कोर्शको पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।
सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण जस्ता विषयमा छलफल हुनेछ। यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।





About Us
प्रतिक्रिया