इन्स्योरेन्स डिस्कोर्शः इन्सुरटेक नवप्रवर्तनसम्बन्धी सत्रमा सुर्यज्योति लाइफका सीईओ खत्री सहभागी हुँदै


काठमाडौं – तेस्रो इन्स्योरेन्स डिस्कोर्श २०२६ को चौथो सत्रमा वक्ताका रुपमा सुर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश विक्रम खत्री सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र न्युज अफ इन्स्योरेन्सको संयुक्त आयोजनामा हुन लागेको तेस्रो इन्स्योरेन्स डिस्कोर्शको ‘इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै’ विषयक चौथो सत्रमा खत्री सहभागी हुने भएका हुन्।

उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकिङ्ग, तथा बीमा र अन्य कम्पनीहरूमा विभिन्न पदमा रही लामो कार्यानुभव हासिल गरिसकेका छन्। खत्रीले बेलायतको सबैभन्दा ठुलो बार्कलेज बैंकबाट आफ्नो पेसागत यात्रा सुरु गरेका थिए।

बार्कलेज बैंकमा आकर्षक पद तथा वित्तीय सुविधा हुँदा आफ्नै देशमा केही गर्ने सोचका साथ नेपाल आएका खत्रीले लक्ष्मी बैंकमा करिब आधा दशक बिताएपछि एनआईसी एशिया बैंकमा पनि काम गरे। त्यसपछि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा सञ्चालक समेत बनिसकेका उनी हाल सुर्यज्योति लाइफ इन्स्योरेन्सको सीईओ छन्।

रिलायबल नेपाल लाइफ मुख्य प्रायोजक रहेको तेस्रो इन्स्योरेन्स डिस्कोर्श यही माघ ७ गते काठमाडौंको याक एण्ड यति होटलमा हुनेछ। यस्तै, पावर्ड वाइमा फोन पे, सन् नेपाल लाइफ र सुर्यज्योति लाइफ रहेको यस कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ।

सो कार्यक्रममा बैंकासुरेन्सः नीति, नियामक र बजारको वास्तविकता, भविष्यको मार्गचित्रः आधुनिक जीवनशैलीका लागि बीमा उद्योगको पुनर्संरचना र रूपान्तरण, स्वास्थ्य सेवाको पहुँचः नेपालमा स्वास्थ्य बीमाको भविष्य, इन्सुरटेक नवप्रवर्तनः नेपालमा बीमालाई आवश्यकतासँगै जीवनशैलीमा परिणत गर्दै जस्ता विषयमा छलफल हुनेछ।

यस्तै, विशेष सत्रमा बीमाको अर्थशास्त्र नामक छलफल हुनेछ। जसमा योजना आयोगका उपाध्यक्ष डा. प्रकाश कुमार श्रेष्ठ उपस्थित हुनेछन्।

Skip This