काठमाडौं – नेपाल प्रहरीको ८ जना (प्रहरी नायव महानिरीक्षक) डीआईजीको सरुवा भएका छन्। प्रहरीका डीआईजीहरु अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य, दिपक रेग्मी, दिपेन्द्र घर्ति क्षेत्री, भूपेन्द्र बहादुर खत्री, माधब प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको सरुवा भएको हो।
पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेशमा, आचार्यलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा र रेग्मीलाई अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा गरिएको छ।
साथै, क्षेत्रीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा, खत्रीलाई केन्द्रीय अनुसन्धान व्युरो लाजिम्पाटमा, श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा र भट्टलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरमा सरुवा गरिएको छ।
यसअघि,पौडेल बागमती प्रदेशमा, आचार्य गण्डकीमा, श्रेष्ठ कर्णालीमा, भट्ट लुम्बीनीमा रहेका थिए। त्यस्तै, खत्री केन्द्रीय अनुसन्धान ब्युरोमा, क्षेत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागंज, काठमाडौंमा, रेग्मी नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंमा, र सापकोटा नेल प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालय नक्साल, काठमाडौंमा थिए।



About Us
प्रतिक्रिया